free website hit counter

कोरोना भाइरसको खोप पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

एजेन्सी । सिंगो विश्वालाई नै आतंकित बताइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको अमेरिकाको एउटा कम्पनीले बताएको छ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।
यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय १५ पुगेको छ । चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् । इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार