free website hit counter

कोरोना भ्याक्सिनले वर्षौ काम गर्ने

beemaadmin
२०७८ जेष्ठ १५, शनिबार

एजेन्सी । कोरोना भाइरस खोपको असर छोटो समय मात्र रहन्छ कि भन्ने आम नागरिकको चासो र चिन्तामा केही राहत हुने भएको छ । हालै सार्वजनिक भएका दुई वटा अध्ययनले खोप लगाएपछि हाम्रो शरीरमा उत्पन्न हुने प्रतिरोधात्मक क्षमता एक वर्ष वा जीवनभर नै रहन पनि सक्ने देखाएका छन् ।
अनुसन्धानले एकचोटि कोरोना लागेर निको भइसकेका व्यक्तिले पहिलो खोप लगाएपछि दोस्रो डोज नलिए पनि हुने देखाएको छ। एकचोटि पनि संक्रमण नभएको व्यक्ति भने दुवै खोप लिनुपर्ने अध्ययनमा देखिएका छन् । अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ मा प्रकाशित भएको वैज्ञानिक अध्ययनले कोरोना लागेर निको भएका व्यक्तिमा हड्डीको भित्री तहमा रहेका कोषहरूबाट भाइरससँग लड्ने एन्टिबडी विकास भएको बताएको छ ।
बायोआर–एक्सआइभी’ नामक अनलाइनमा प्रकाशित अर्को अध्ययनमा कोरोनासँग लड्ने एन्टिबडी संक्रमण भएको कम्तिमा १२ महिनासम्म सक्रिय रहने र यो समयमा उक्त एन्टिबडी थप बलियो हुँदै जाने उल्लेख छ। कोरोना भाइरसको संक्रमणपछि र यसको खोप लगाएपछि विकास हुने एन्टिबडी लामो समय सक्रिय रहेन तथ्य अध्ययनमा रहेको वैज्ञानिकहरुले बताएका छन् । कोरोना संक्रमणपछि हाम्रो शरीरमा जुन एन्टिबडी विकास हुन्छ, त्यो एन्टिबडी खोपको असरले अझ बलियो भएर आउँछ । यस्तो बलियो एन्टिबडी कोरोना भाइरसका विभिन्न प्रकारसँग लड्न सक्षम हुन्छ। त्यसैले, एकचोटि संक्रमण भएर निको भइसकेको व्यक्तिले दोस्रो डोज खोप नलगाए पनि फरक नपर्ने अनुसन्धानदाताहरुले बताएका छन् । कोरोना संक्रमणपछि प्राकृतिक रूपले शरीरमा विकास हुने एन्टिबडीको दाँजोमा खोप लगाएपछि आउने एन्टिबडी फरक हुने अध्ययनको निष्कर्ष छ । कोरोना संक्रमण भइसकेपछि शरीरले ठूलो परिमाणमा एन्टिबडी विकास गर्ने अध्ययनमा उल्लेख छ । केही वैज्ञानिकहरुका अनुसार कोरोना संक्रमणको केही महिनासम्म एन्टिबडी सक्रिय रहन्छ। त्यसपछि हड्डीको भित्री तहमा गएर निस्क्रिय अवस्थामा बस्छ । तर, जब कोरोना भाइरसले फेरि हमला गर्छ, तब एन्टिबडीले तुरुन्तै आफ्नो काम सुरू गर्छ र भाइरससँग जुध्न सक्रिय हुन थाल्छ ।
कोरोना लागेर निको भइसकेको व्यक्तिले कम्तिमा एक डोज खोप लगाएको छ भने उसको शरीरमा एकदमै बलियो प्रतिरोधक क्षमता विकास भएको पाइएको अनुसन्धानबाट देखिएको छ। (न्यु्योर्क टाइम्स)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार