free website hit counter

कोरोना महामारीले अवसर पनि ल्याएको छ

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

यतिबेला कोरोनाको कहरमा परेर जीवन बीमा कम्पनी निकै पछाडि परेका छन् । कोरोनाको सम्भावित सङ्क्रमण कम गर्नका लागि राज्यले लागू गरेको लकडाउनका कारण जीवन बीमाका सम्पूर्ण गतिविधि शून्यको अवस्थामा नै छन् भन्दा पनि हुन्छ । जीवन बीमाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अभिकर्ता बीमितसम्म पुग्न सकेका छैनन् । जसले गर्दा नयाँ जीवन बीमा गर्ने वा नवीकरण गर्ने कार्य हुन सकिरहेको छैन । यो बीचमा प्रिमियम सङ्कलन ठप्पजस्तै छ । अर्कोतिर कम्पनीहरूले बैङ्कमा राख्दै आएको रकमको ब्याजदर पनि ९.५ प्रतिशतबाट घटेर ७ प्रतिशत भएको अवस्था छ तर कम्पनीका कर्मचारीको तलब, घर भाडाजस्ता निश्चित खर्च भने यथावत् नै छन् ।

अव लकडाउनपछि पनि बीमा कम्पनीले पूर्ववत् रूपमा आफ्नो कारोबार फर्काउन भने निकै लामो समय लाग्ने देखिन्छ । लकडाउनको अवधिमा उठ्न नसकेको प्रिमियम सङ्कलन गर्ने अवधि असार मसान्तसम्म दिइएकाले यो बीचकोे घाटालाई पूर्ति गर्न निकै नै मुस्किल देखिन्छ ।

कोरोना महामारीले अवसर पनि ल्याएको छ । जस्तै, हामीलाई यस्तो अवस्था पनि आउनसक्दो रहेछ भनेर सोहीअनुसार आफ्ना व्यावसायिक योजनाका बारेमा सोच्न बाध्य बनाएको छ । यस्तो अवस्थासँग जुध्नका लागि खर्च कटौती कसरी गर्ने, विद्युतीय कारोबारलाई कसरी प्रोत्साहन दिने भन्ने विषयमा सोच्न र छलफल सुरु भएको छ । आशा गरौँ, कोरोनापछि जीवन बीमाको महत्व अझ बढीले बुझ्ने छन् र बजार विस्तार पनि हुनेछ ।

यति मात्र पनि होइन । सरकारले पनि बीमाबाट समृद्धि सम्भव छ भन्ने कुरा बुझिदिनुप¥यो । बीमा बजारमा प्राविधिक जनशक्तिको निकै ठूलो अभाव छ । त्यसलाई पूर्ति गर्नेबारे योजना आउनुप¥यो । बीमा कम्पनीले आफूले उठाएको रकम बैङ्कको मुद्दती खातामा मात्र राख्दै आएका छन् । यसबाहेक सरकारले बीमा कम्पनीलाई मात्र लक्षित गरी दीर्घकालीन बोन्डका योजना पनि ल्याइदिनुपर्छ ।

त्यस्तै सरकारले हाल निजामती कर्मचारीलगायत अन्यलाई न्यूनतम २५ हजार रुपियाँसम्मको बीमा गर्दा कर छुट दिँदै आएको छ । यो अत्यन्त न्यून हो । यसको दायरा बढाएर एक/डेढ लाख रुपियाँसम्म बीमा गर्दा कर छुट हुने व्यवस्था गरिदिनुपर्छ । छिमेकी मुलुक भारतमा पनि त्यस्तै प्रावधान आइसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार