free website hit counter

कोरोना संक्रमण रोक्न तुरुन्त चाल्नुपर्ने कदमहरु

beemaadmin
२०७६ चैत्र २२, शनिबार

– यदि कसैलाई उच्च ज्वरो आएको छ, सुख्खा र लहरे खोकी लागेको छ, सास फेर्न गाह्रो भएको छ अनि उ विदेशबाट आएको वा उनीहरुको संसर्गमा रहेको छ भने उसलाई अस्पताल भर्ना गरेर जाँच तथा उपचार गरौँ | उसका परिवारलाई होम क्वारेन्टाइनमा राखौं | कोरोना संक्रमण परिक्षण गर्दा पोजिटिभ देखिएन भनेर ढुक्क नबनौं | नमुना संकलन गर्ने तरिका, त्यसको सुरक्षण बिधि, जांच गर्ने उपकरण, जांच गर्ने प्राबिधिकको क्षमता आदि धेरै कुराले फल्स पोजिटिभ वा फल्स नेगेटिभ रिपोर्ट आउन सक्छ |
– एकपटक जांच गर्दा रिपोर्ट पोजिटिभ आयो तर फेरी जांच गर्दा नेगेटिभ आयो भने त्यस्तो बिरामीलाई पनि आइसोलेसनमा राखौं | उसको परिवारलाई होम क्वारेन्टाइनमा राखौं |
– कोरोना परिक्षण गर्ने सुबिधा नभएको ठाउँमा यदि कुनै व्यक्ति संक्रमित मुलुकबाट आएको छ, वा त्यस व्यक्तिको सम्पर्कमा आएका उसका परिवार तथा आफन्तलाई माथिका लक्षण देखिए भने आइसोलेसनमा राखौं | लक्षण गम्भीर देखिए अस्पताल भर्ना गरौँ |
– ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मी ( नमुना लिने व्यक्ति ) लाई नमुना संकलन गर्ने तालिम प्रदान गरौ | उनीहरुलाई PPE को ब्यबस्था गरौँ | धेरै जसो नमुना संकलन गर्ने व्यक्ति आफुलाई सर्छ कि भन्ने डरले घांटी तथा नाकको स्वाब लिँदा भित्रसम्म पुर्याएर पर्याप्त नमुना संकलन नगरेका हुनसक्छन | उनीहरुलाई मेहेनत गरेर नमुना संकलन गर्न प्रोत्साहित गरौँ | मेहेनत गर्नेलाई थप इन्सेन्टिभको ब्यबस्था गरौँ |
– यदि कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखिएर मृत्यु भएको छ भने उसको रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आएपनि उसलाई सुरक्षित तरिकाले दाहसंस्कार गरौँ | उसको परिवार, आफन्त, भेट भएका व्यक्ति २ हप्ता होम क्वारेन्टाइनमा बसौं |
– कोरोना संक्रमणको डरले भारतबाट दशौँ हजार नेपाली आफ्नो घरमा आउनुभएको छ | उहाँहरु मध्ये अधिकांशलाई कोरोना संक्रमण भएको छैन | तर उहाँहरु २ हप्ता अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्छ, बसाल्नुपर्छ | उहाँमध्ये कुनै व्यक्तिलाई माथिका लक्षण देखिएका छन् भने सिधै नजिकको अस्पताल वा आइसोलेसन केन्द्रमा राखौं | परिवार तथा नजिकका व्यक्ति होम क्वारेन्टाइनमा बसौं |
– सिमानाका बासिन्दा ठूलो जोखिममा बस्नुभएको छ | नाका, खेत, जंगल तथा नदीबाट कोहि व्यक्ति नेपाल पसेको छ कि छैन ? उच्च निगरानी गरौँ | यसको लागि सिमानाका बासिन्दालाई प्रशिक्षण दिन सुरु गरौँ | सिमानामा सुरक्षाकर्मीको बाक्लो गस्ती बढाउने ब्यबस्था गरौँ | सिमानाबाट कोरोना संक्रमित व्यक्ति नेपालभित्र पसेमा अकल्पनीय क्षति हुनसक्छ |
– सरकारले यस्तो महाबिपदको बेला खानपिनमा लाग्ने देशद्रोहीलाई ठाउँको ठाउँ कारबाही गरोस् | जांच गर्ने उपकरण, PPE लगायत अत्यावश्यक औषधि उपकरण जिटुजी अर्थात Government to Government वा सेनामार्फत फास्ट ट्रयाक अपनाएर खरिद गरोस् | अघिल्लो सम्झौतामा हस्ताक्षर गर्ने, च्यानल मिलाउने लगायत व्यक्तिलाई पदमुक्त गरेर भ्रष्टाचारलाई निरुत्साहित गरोस् |
– यो अप्रिल महिना अर्थात बैशाखको मध्यसम्म कडा लक डाउन कायम गरौँ | यसपछि भारतको लक डाउनको समानान्तर लक डाउन गरौँ | सिमा नियमन गर्न लामो समय लक डाउन गर्नुपर्ने अवस्था आउन सक्छ | त्यसको लागि १ बर्षको खाधान्न तथा औषधिको जोहो सरकारले गरोस |
– सातै प्रदेशमा न्युनतम ५०० वेडको अस्पताल वा मेडिकल कलेजलाई खाली गरेर कोरोना अस्पतालको रुपमा बिकास गरौँ |
– बिपन्न बर्गलाई महिनाको १५,००० तथा ५० किलो चामलको ब्यबस्था गरौँ | भोकले कोहि मर्नु वा अन्य बाटो हिंड्नु नपरोस् भन्ने कुरामा सरकार सतर्क हुन जरुरी छ | अहिले जीवन संरक्षण गरौँ, बिकास पछि गरौंला |
– सहरबाट गाउँ जाने नागरिकलाई निश्चित समय दिएर गाउँ जाने ब्यबस्था सरकारले गरोस | उहाँहरु आफ्नो खेतीपाती गरेर दुई छाकको जोहो गर्न सक्नुहुन्छ |
– बिरामी उपचार नगर्ने प्राइभेट अस्पतालको इजाजत रद्द गर्ने वा राष्ट्रियकरण गार्मे काम सरकाले शिघ्र गरोस | बिपद्मा काम नलाग्ने अस्पताल अस्पताल हैनन् पैसा छाप्ने मेसिन हुन् |
– भ्रष्टाचारी तथा कालोबजारीको लिस्ट बनाउंदै सार्वजनिक गरौँ | उनीहरुलाई सामाजिक बहिस्कार गरौँ | अख्तियार तथा न्यायालयमा उजुरी दिने गरौँ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार