free website hit counter

कोरोना संक्रमणबाट बालबालिकालाई यसरी जाेगाऔ

beemaadmin
२०७६ चैत्र २, आईतवार

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण बिकास भइसकेको हुँदैन | तसर्थ अभिभावकले निम्न लिखित कुरामा ध्यान पुर्याउनुहोला |

– बालबालिकालाई घरमै राख्नुहोला | आफुले काम गर्ने ठाउँमा लिएर नजानुहोला |
– बाहिर काम गरेर आएपछि मास्क, बाहिरी कपडा, जुत्ता, झोला सकभर घरबाहिर वा छुट्टै कोठामा राख्नुहोला |
– रुघाखोकी लागेमा अलग्गै कोठामा सुत्नुहोला |
– बालबालिकालाई सामान्य रुघाखोकी लाग्दैमा अस्पताल वा क्लिनिक लैजानु जरुरि छैन | त्यहाँ हुने भिडभाडले बालबालिकामा संक्रामक रोग सर्ने डर हुन्छ | घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भिडभाड नहुने गरि जांच गराउने ब्यबस्था गर्नुहोला |
– अस्पतालमा एकजना अभिभावक पालोमा बसेर बालबालिकालाई अस्पताल बाहिर राख्नुहोला अनि जाँच्ने पालो आएपछि मात्र बालबालिकालाई जांच कक्षमा लैजानुहोला |
– भिडभाड हुने सडक, मेलापर्व, भोजभतेर, सपिंग मल, फ्लिम हल, रेस्टुरेन्ट, स्विमिंग पुल लगायत ठाउँमा लिएर नजानुहोला |
– चम्चाले खाना खाने अभ्यास गराउनुहोला |
– बालबालिकालाई छुँदा, खुवाउँदा, खेलाउँदा, कपडा फेरीदिंदा साबुनपानीले राम्रोसंग हात धुनुहोला |
– हात धुने लगायतका स्वच्छ बानी बालबालिकालाई सिकाउनुहोला |
– बालबालिकालाई इन्फ्लुएन्जा तथा निमोनियाको खोप लगाउनुहोला |
– सन्तुलित खानाको लागि हरियो सागसब्जी, फलफुल, दुध, घ्यु, दही, दाल, गेडागुडी, बदाम, काजु, गेडागुडीको रस दैनिक खुवाउने ब्यबस्था गर्नुहोला |
– बालबालिकाको शरीर, कपडा, बिस्तारा तथा खेल्ने ठाउँ सधै सफा राख्नुहोला |
– बालबालिकालाई कोरोना संक्रमणको डर देखाउने, उनीहरुसामु आफु आत्तिने \ डरलाग्दा कुरा गर्ने जस्ता गतिबिधि नगर्नुहोला |
– बालबालिकालाई भिडभाड र रोगबाट बचाउन गाउँ जानु बढी सुरक्षित हुन्छ |
– बालबालिकाको मृत्युदर नगन्य छ | तसर्थ आफु पनि पेनिक नहुनुहोला |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार