काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि घरैमा आइसोलेसनमा बसेका र्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको बताइएको छ ।
थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको बताइएको छ । हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले बताएअनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।