free website hit counter

कोरोनाका कारण ज्यान गुमाएका गकुलका परिवारलाई एशियन लाइफले दियो पौने २ करोड दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र ३०, बुधबार

काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान कोरोनाबाट गुमेपछि आश्रित परिवारलाई दाबी भुक्तानीबापत १ करोड ८४ लाख १४ हजार ५ सय ५८ हस्तान्तरण गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित गकुल महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको हो। बीमितकी श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीका सञ्चालकद्वय सजल मास्के र अच्यूतराज सापकोटा र प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितिमा जीवन बीमाले बीमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पुर्याउने धारणा व्यक्त राखे। उनले बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको पनि बताए।

Advertisement
Advertisement

स्वर्गीय महराले एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा रु. ७५ लाखको वार्षिक धनलाभ, रु. २५ लाखको दम्पती सुरक्षा प्लस र रु. ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए। कुल बीमांक रकम रु १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनस रकमसमेत जम्मा रु. १ करोड ८४ लाख १४ हजार ५५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हो।

Advertisement
Advertisement

स्वर्गीय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा रु ६ लाख १५ हजार १८८, दम्पती सुरक्षामा रु ५ लाख ९३ हजार ७४५ र अग्रिम भुक्तानी सावधिकमा रु २ लाख ९४ हजार ९०६ रुपैयाँसमेत गरी जम्मा रु. १५ लाख ३ हजार ८३९ बीमाशुल्कबापतको रकम यस कम्पनीमा जम्मा गरेका थिए।

सम्बन्धित समाचार