free website hit counter

कोरोनाको आतंकबीचमै डेंगुको प्रवेश (३६ जना बिरामी)

beemaadmin
२०७६ चैत्र १, शनिबार

काठमाण्डौ । चिसो मौसममा फैलिने भनिएको कोरानाको संक्रमणले विश्वलाई आतंकि बनाइरहँदा नेपाल त्राहीमाम अवस्थामा छ । नेपालमा कोरोनाको संमण दुई जनामा देखिए पनि उनीहरु उपचारपछि स्वस्थ भइसकेका छन् । अन्य कसैमा त्यसको लक्षण अहिलेसम्म देखिएको छैन । नेपाल सरकारले रोग फैलिनसक्ने भन्दै सीमा नाकाहरु बन्द गरेको छ भने विदेशबाट आउने जो कसैले १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने नयाँ नियम सार्वजनिक गरेको छ । चिसो मौसमबाट गर्मीतिर फड्को मार्ला र कोरोनाको आतंक बन्द होला भन्ने सोचाई राखिरहँदा फेरि गर्मीको अर्को महामारी डेंगु संक्रमितको संख्या थपिन थालेको छ । पुसको दोस्रो हप्तादेखि अहिलेसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना डेङ्गीको बिरामी फेला परेका हुन् ।
यस्तै वाग्मती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको छ । गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार