free website hit counter

कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

beemaadmin
२०८० पुष १८, बुधबार

काठमाडौँ । अहिले विश्वमा कोभिड(१९ को सब भेरियन्ट जेएन।१ नामक नयाँ भेरियन्टको जोखिम बढेको छ । नेपालमा अहिलेसम्म नयाँ भेरियन्टका नयाँ संक्रमित फेला नपरे पनि छिमेकी देशमा देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन।१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताएका छन् । पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन।१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन, मन्त्रालयले विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले कोभिड(१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रीनिङ र निगरानी भइरहेको बताउँदै कोभिड(१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरेको छ । भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातका सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ को सब भेरियन्ट जेएन।१ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिइरहेको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार