free website hit counter

कोरोनाको भ्याक्सिन बाँदरपछि मानिसमा परीक्षण

beemaadmin
२०७७ बैशाख १२, शुक्रबार

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना भाइरसको खोप बाँदरमा सफल परीक्षण गरी मानिसमा परीक्षण थालिएकोृ छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ । साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन । साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले भनेका छन्, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो । तर त्यसलाई पनि नियन्त्रणमा लिइयो ।
डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार