free website hit counter

कोरोनाबारे बुझ्न डायल गर्नुहोस् १११५ (पैसा लाग्दैन)

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

काठमाण्डौ । कोराको संक्रमणबाट बच्न नेपाल सरकारले थुप्रै सजगता अपनाइरहेको छ । कोरोना भाइरसबारे अनेकखाले बहस र भ्रम पैदा भइरहेको बेला यसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो । महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि लाग्नु भन्दा पनि विज्ञको राय र सुझावका लागि महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । फोन उठाउन ६ जना कर्मचारी खटाइएको र यो नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार