free website hit counter

कोरोनाविरुद्ध कठोर बन्यो चीन

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

एजेन्सी । कोरोना भाइरसविरुद्ध चीनले कडा कदम उठाउँदै हुवेइ प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ । यसबाहेक निजी कारको प्रयोगमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै हूबे र ऊहान शहर प्रभावित भएका छन् जसमा अहिलेसम्म १६ सय ६५ को ज्यान गइसकेको छ । यद्यपि, चीनले लगातार तेस्रो दिन कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको र यो फैलन रोकिएको घोषणा गरेको छ ।

यस्ता गतिविधिमा प्रतिबन्ध
चीनले सबैलाई घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । साथै एउटा घरबाट तीन दिनमा एक व्यक्तिलाई मात्रै खाना र अन्य अत्यावश्क सामान लिन जान छुट दिइएको छ । यस्तै, औषधी, होटल, किराना पसल र स्वास्थ्य सेवाबाहेकका सबै पसल बन्द गर्न आदेश दिइएको छ । सामान पुर्‍याउनेबाहेक सबै प्रकारको सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ । राजधानी बेइजिङमा आउने व्यक्तिलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा एकान्तमा बस्न भनिएको छ । यस्तो नगरे सजायको प्रावधान पनि छ । चीनको केन्द्रीय बैंकले भाइरस फैलन रोक्नका लागि प्रयोग गरिएका नोटलाई कीटाणुरहित गर्ने निर्णय गरेको छ ।

६८ हजार संक्रमित
प्रशासनले दिएको जानकारी अनुसार आइतबार २ हजार नयाँ संक्रमित पुष्टि भए जुन शनिबार २६ सय ४१ थिए । यसअघि ५ हजार ९० नयाँ संक्रमित देखिएका थिए । चीनमा अहिलेसम्म ६८ हजार ५ सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । नयाँ संक्रमितमा आइरहेको कमीमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले यो आँकडाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने चीनको कोसिसलाई दर्साउने बताएका छन् । साथै, आयोगको दैनिक बुलेटिनमा देशभरी १ सय ४२ जनाको मृत्यु भइरहेको बताइएको छ जसमा सबैभन्दा धेरै मृत्यु हूबे प्रान्तमा भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार