free website hit counter

कोरोनाविरुद्ध खोप पत्ता लगाउँदै वैज्ञानिक

beemaadmin
२०७६ माघ १७, शुक्रबार

एजेन्सी । विश्वलाई नै आतंकित बनाउने गरी चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको बेला अस्ट्रेलियाका वैज्ञानिकहरुले पहिलो पटक प्रयोगशालामा नै उक्त कोरोनोभाइरस बनाएका छन् । अस्ट्रेलियाका वैज्ञानिकहरुको यो सफलताले उक्त खतरनाक भाइरसका विरुद्ध भ्याक्सिनको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । चीनको वुहान शहरको मासुबजारबाट शुरु भएर फैलिएको भनिएको सो खतरनाक कोरोनोभाइरसले यो लेख्दासम्म १०६ जनाको ज्यान लिइसकेको छ, चीनका मुख्य शहरहरुमा समेत गरेर ४ हजार बढीमा यसको संक्रमण देखापरिसकेको छ । त्यति मात्र हैन, यो भाइरसको संक्रमणले चीनको सीमा नाघेर नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, भियतनाम, श्रीलंका, कम्बोडिया, क्यानडा लगायतका १७ देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु नोबोल कोरोना नाम दिइएको यो खतरनाक भाइरसका विरुद्ध औषधी तथा खोपहरुको निर्माण गर्ने कोशिशमा जुटेका छन् । त्यसै सिलसिलामा अस्ट्रेलियाका वैज्ञानिकहरुले विशेष सुरक्षायुक्त प्रयोगशालामा सो भाइरसको निर्माण गर्ने सफलता प्राप्त गरेका हुन् ।

सम्बन्धित समाचार