free website hit counter

कोहलपुर तनावग्रस्त : कर्फ्यु आदेश जारी

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिँदा कोहलपुरमा कफ्र्यु आदेश जारी भएको छ । अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । घाइतेहरुको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् ।

घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ । तिव्र गतिमा आएको ट्रकले बालिकालाई ठक्कर दिएपछि ब्याक गरेर फेरि किचेको आरोप स्थानीयहरुले लगाइरहेका छन् ।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् । स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हाने पनि स्थिति झन झन् उग्र बन्दै गएपछि कफ्र्यु आदेश जारी गर्ने निर्णय भएको बताइएको छ । घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरीले उल्टै अभद्र व्यवहार देखाएको भन्दै स्थानीय प्रहरी प्रशासनप्रति पनि आक्रोशित देखिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार