क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा अभिजित केसी नियुक्त
beemaadmin २०८३ श्रावण २०, बुधबार
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा कार्यरत केसीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रअनुसार कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेपछि नेतृत्व रिक्त भएको थियो। सोही रिक्तता पूर्ति गर्न कम्पनीले केसीलाई कार्यवाहक नेतृत्वको जिम्मेवारी सुम्पिएको जनाएको छ।
कम्पनीले नयाँ स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म केसीले निमित्त सीईओका रूपमा कम्पनीको दैनिक प्रशासन तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन्।