कुनै दूषित खाद्य तथा पेय उपभोग गरेर निम्तिने कारण तत्व रोग भएमा त्यसलाई फुड पोइजन भनिन्छ र यसको आधारक्षेत्र फरक फरक छ । खाइने–पिइने कुराको मापदण्ड नपुगेको वा गलत तरिकाले बनाई खाएको, पिइएकोमा यसको असर पर्दछ । यसअन्तर्गत खाद्यान्न भण्डारण गर्न नजानेर, तापक्रमको मापदण्ड थाहा नभएर, फ्रिज सञ्चालनको ज्ञान नभएर, तातो र चिसो खाना एकै ठाउँमा भण्डारण गरेमा, म्याद गुज्रेका, खिया लागेका, प्याकेटमा प्वाल परेका खानपिनको प्रयोग गरेर हुने शारीरिक विरामीहरु पर्दछन् भने अर्कोतर्फ खाने, पिउने कुरामा भौतिक वश्तुहरु जस्तै रौं, धातु तथा वनस्तपतिजन्य कुराहरु र मलमुत्रहरुको मिसावटले पनि खाना खराब भई फुड पोइजन गराउँदछ । भने रासायनिक पदार्थको मिश्रणले पनि खान बिग्रन्छ र विरामी बनाउँदछ । यसरी खाना बिगार्ने स्रोतहरुमा काँचो खानेकुरा, खाना बनाउने व्यक्ति, किटाणुहरु, धुलो, मुुसा, साङ्ला, झिँगा, छुचुन्द्राहरु, बासी खानाहरु र किटपतङ्ग, पशुपंक्षीहरु आदि पर्दछन् । यसरी खानालाई बिगार्ने अन्य व्यवहारिक पक्ष भनेको व्यक्तिले सञ्चालन वा उत्पादन, भण्डारण र विक्रिवितरण वा उपभोग गर्दा गरिने असावधानी वा ज्ञानको कमीले हुने गर्दछ । विशेषत स्तरीय पर्यटन व्यवसाय जसमा होटल, मोटल, रिसोर्ट, खाद्य तथा पेयका उत्पादक र वितरकहरुले आफ्ना कर्मचारीलाई हाइजिनसम्बन्धी तालिम दिन्छन् । तापनि हेलचेक्य्राइँको कारणले हानिनोक्सानी भइ नै रहन्छ । घरायसी स्तरको भान्सामा वा स्वउपभोग गरिने ज्ञानको कमि नै खाद्य विषाक्तताको प्रमुख कारण बन्दछ । जसमा विशेषत घरायसी र कम ज्ञान भई सञ्चालन गरेका खाद्य विक्रेताहरु यसअन्तर्गत चमेतागृह, फुटपाथका बिक्रेताहरु र ज्ञानविहीन होटल, रेष्टुराँ सञ्चालकहरुको कारण जोखिम बढी हुन्छ भने यस जोखिममा सामान्य तर बढी महत्वपूर्ण कारणमध्येको एउटा तापक्रम हो । हेर्नुस् के हुन्छ ?
तापक्रम भ्रम र यथार्थ
सामान्यतया हाम्रो समाजमा आज बिहान तयार पारिएको खाना भरेसम्म वा दिनभर ताजा रहेको हुन्छ र बेलुका तयार पारिएको खानेकुरा अर्को दिनको बिहान बासी हुन्छ भनेर भ्रमपूर्ण रुपले बुझ्नु प्रमुख कारण हो । यहाँ जरुरी जानकारी के छ भने यहाँ कुनै पनि खाना बिहानको बेलुकासम्म ताजा पनि हुँदैन र बेलुकाको खाना बिहानसम्म बासी पनि हुँदैन । यसमा तापक्रम र भण्डारणको प्रमुख भूमिका रहन्छ । खाना तयार गरिसकेपछि राखिने स्थानको तापक्रम उचित वा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुनुपर्दछ भने उक्त खाना डेड घण्टाभित्रमा भण्डारण गरिसक्नु पर्दछ र सुरक्षित हुन सकिन्छ तर साधारण जनमानसमा बिहान तयार गरिएको खाना वातावरणीय तापक्रम जहाँ ५ डिग्री सेल्सियसदेखि ६३ डिग्रीबीचमा राखियो भने डेड घण्टाभित्रमा विष सरह हुन्छ र स्वास्थ्य खराव गर्दछ । यसमा यदि १५ डिग्रीदेखि १८ डिग्रीभित्र पकाएर राखीएको केही समयसम्ममा खाना सुरक्षित रहन्छ । यसरी खुला तापक्रम १५ डिग्री सेल्सियसभन्दा माथि राखिएको खाना तीन घण्टामा जीवाणुले आक्रमण गरि खानालाई विषमा रुपान्तरण गर्दछ भने यसलाई बिहान बनाएको हो बेलुकासम्म ताजै छ भन्न मिल्दैन । तयारी खाना डेड घण्टाभित्र सेलाएर ४ डिग्री सेल्सियससम्मको तापक्रममा फ्रिजमा राखेमा ७२ घण्टासम्म पुन राम्रोसँग तताएर खान सकिन्छ, त्यसैले बेलुका बनाएको खाना भोलि बासी हुँदैन भन्ने हुन्छ । तर खाना फ्रिजमा राख्दैमा स्वस्थकर हुँदैन किनकि खाना फ्रिजमा राख्नुभन्दा कति समय पहिलासम्म बाहिरी तापक्रममा राखिने भन्ने जानकारी नहुनु अर्को समस्या हो । यसमा ५ डिग्री सेल्सियससम्मको तापक्रममा डेडघण्टादेखि तीन घण्टा आधार तापक्रम हो यदि त्यो भन्दा बाहिरी तापक्रममा राखेर फ्रिजमा राख्दैमा खाना र खाना प्रयोग गर्ने हामी सुरक्षित हुँदैनौ यो खाद्य विषाक्तताको कारण बन्दछ । उचित तापक्रममा भण्डारण गरेर खाना त सुरक्षित गरियो तर अब पुनः प्रयोग कसरी गर्ने रु भन्ने जानकारी हुन जरुरी छ । सामान्य अवस्थाका र बढी जोखिमयुक्त खानाहरु ९जोखियुक्त खानासम्बन्धी अर्को शीर्षकमा पनि बर्णन गरिनेछ० को विशेषता हेरेर कम्तिमा ८० डिग्री सेल्सियसदेखि १०० डिग्रीसम्मको तापक्रममा तताएर खानालाई पाचनयोग्य बनाउन सकिन्छ भने कतिपय बासी, सुकाएका परीकारहरु। जति तापक्रम बढी भए पति मानव शरीरलाई हानी गर्ने जीवाणुहरु मर्दैनन् । यो अपवादमा पर्दछ । ९यो निश्चित क्षेत्रमा हुन्छ०