काठमाडौं । मुलुक कोरोनाले अक्रान्त बन्दा देशको राजनीति अझ ठूलो संक्रमणमा फसेको छ । मुलुक कोरोनाबाट उम्किने उपायको खोजीमा छैन सत्ताको खेलमा रमाउँदा सत्ता टिकाउने र खेलमा प्रधानन्त्री केपी शर्मा ओलीले फेरि अर्को पटक मुलुकलाई चुनावमा होमेका बेला सामाजिक सञ्जालमा चौततर्फी आलोचना शुरु भएकोछ । यही बेला काँग्रेसका युवा नेता गगन थापा लेख्छन्, खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद, विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन । कस्तो सेटिङ ? प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए । सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् । नेतागण, न अलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।