free website hit counter

गणपति लघुवित्तको नाफामा सामान्य सुधार

beemaadmin
२०८१ माघ १८, शुक्रबार

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४।९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ४२।९४ प्रतिशतले बढ्दै ७ करोड ५० लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ७ करोड ४२ लाख रुपैयाँमा सीमित थियो । यस्तै संस्थाको सञ्चालन मुनाफा १ करोड ७६ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड १० लाख र अन्य सञ्चालन खर्च १ करोड ४७ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षप संकलन ४८ करोड ६३ लाख रुपैयाँबाट घटेर ४७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । कर्जा प्रवाह भने २ अर्ब ५ करोडबाट बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ८३ लाख ३० हजार रुपैयाँ र रिजर्भ ४ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८३ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा ४.६६ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ४।१३ प्रतिशतमा खुम्चिएको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ईपीएस १६.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.०८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५९०.३१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०६.१५ गुणा र तरलता अनुपात ८.५४ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार