free website hit counter

गभर्नर नियुक्ति प्रक्रिया थप अन्योलमा

beemaadmin
२०८२ बैशाख ३१, बुधबार

काठमाडौं । मुलुकको आर्थिक क्षेत्रको नियामक संस्था नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति थप अन्योलमा परेको छ । सरकारले विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्ने तयारी गरिरहेको समयमा उनी अयोग्य भन्दै सवौच्च अदालतमा रिट परेको हो । अधिवक्ताहरु विशाल थापा र प्रतिभा उप्रेतीले १८औं गभर्नरको दौडमा रहेका पौडेलको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनीहरूले राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ र सुशासन ऐनको व्यवस्था उल्लंघन भएको दावी पनि गरेका छन् । यसअघि, ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ मा अर्थमन्त्रालय मातहतका निकायका प्रमुखको उमेर हद न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्ष हुनुपर्ने व्यवस्था थियो । यही व्यवस्था परिवर्तन गर्दै अर्थले ६५ वर्ष उमेर नाघेका व्यक्ति पनि गभर्नर नियुक्ति हुन पाउने नयाँ व्यवस्था गर्यो । त्यस व्यवस्थाको विरुद्धमा चैत ३१ गते अधिवक्ताद्धय उप्रेती र थापाले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाइने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराए । जसको फैसला हालसम्म हुन सकेको छैन । यता, सोही निवेदनलाई कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धयले सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गराएका थिए । भट्टमाथि परेको निवेदनमा पनि फैसला हुन सकेको छैन । डा. भट्टको मुद्दामा फैसला हुन समय लागेको भन्दै भट्टको विकल्पमा कांग्रेसले पौडेलको नाम अघि सारेको थियो । पौडेल पनि कानूनी रुपमा अयोग्य रहने भन्दै मुद्धा पर्दा कांग्रेसलाई फेरि चुनौती सिर्जना भएको छ ।

सम्बन्धित समाचार