free website hit counter

गाउँपालिकाको पहलमा चौरी बीमा

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौँ । विविध क्षेत्रमा बीमा विस्तार गर्दै जोखिम न्यूनिकरण गर्ने सिलसिलामा चौरी पालक किसानका लागि लागि थप सुविधा सहित चौरी बीमा सिन्धुपाल्चोकमा सुरु भएको छ । चौरी पालनका सिलसिलामा मौसम अनुसार गोठ सार्दै जाँदा चौँरी बिरामी भएर मर्ने जोखिम बढी हुने सन्दर्भमा किसानले २५ प्रतिशत र ७५ प्रतिशत सरकारी अनुदान सहित चौरीको बीमा गर्न थालिए पश्चात् सिन्धुपाल्चोकका चौरी किसानलाई ठूलो राहत मिलेको छ ।

अब चौरी पालनको सिलसिलामा चौरी मर्दाको अवस्थामा पनि किसानलाई खासै ठूलो नोक्सानी नहुने अवस्था सिर्जना भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सुरु गरेको यस्तो कार्यक्रममा किसानको आवद्धता निकै देखिन थालेको र उनीहरु गाउँपालिकाको यस निर्णयबाट निकै खुसी भएको बताइएको छ ।

चौँरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालन तर्फ आकर्षित बनाउनका लागि गरिएको यस चौरी बीमा कार्यक्रममा हालसम्म करिब चार सय चौँरीको बीमा गरिएको बताइएको छ । बीमाका साथै गाउँपालिकाले चौँरीगोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानलसहित उपकरण वितरण गर्दै किसानलाई यस पेशामा लाग्न अभिप्ररित गर्दैछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार