free website hit counter

गाउँमा श्रीमतीहरुको झगडाको समाचारले विदेशमा श्रीमानहरुको हानाहान

beemaadmin
२०७८ असार १७, बिहीबार

एजेन्सी । गाउँमा झैझगडा हुँदा कोही कसको पक्षमा लाग्छ त कोही कसको पक्षमा लाग्छ । कोही मिलाउन लाग्छन् भने कोही झगडा चर्काउन लाग्छन् । रोजगारीको लागि खाडी देश गएका २ जना व्यक्तिहरुका श्रीमतीहरुको गाउँमा लडाइँ भयो । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा श्रीमानहरु दुबइमै लडे । अन्ततः ती दुवैलाई जेल सजाय भएको छ । यी दुवै परिवार पाकिस्तानी हुन् । पाकिस्तानमा श्रीमतीहरुबीच भएको झगडा दुबइमा रहेका श्रीमानहरुसम्म पुगेपछि यस्तो भएको हो । यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्छन् । उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झगडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई होच्याएर बोल्न थालेका थिए । दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार छोटकरीमा नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु काटने हतियारले आक्रमण गरेका थिए । जसका कारण पीडित १० प्रतिशत स्थायी अपांग भएको गल्फ न्यूजले जनाएको छ । पीडितका अनुसार उनलाई आक्रमण गर्नुभन्दा पहिले उनलाई निकै अभद्र गाली गरिएको थियो । यसको कारण पीडित र आक्रमणकारीका श्रमितीहरुबीच पाकिस्तानमा भएको झगडा थियो । मेडिकल रिपोर्टमा पीडितको हात भाँचिएको र टाउकोमा चोट लागेको पाइयो । उता आक्रमण गरेको आरोप लागेकाहरुले पनि पीडित र उनका दाजु मिलेर आफूहरुलाई होच्याएको आरोप लगाएका छन् । अन्ततः दुई आक्रमणकारीहरुलाई भौतिक आक्रमण र होच्याएको आरोपमा मुद्दा चलाइएको छ भने पीडितविरुद्ध पनि अर्को पक्षलाई होच्याएको आरोप लगाइएको छ । फैसला सेप्टेम्बर ७ मा आउने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार