free website hit counter

गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिनुभयो ?

beemaadmin
२०८१ पुष ३, बुधबार

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १९ गते वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई प्राथमिक शेयर निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई साधारण शेयरको १० प्रतिशत अर्थात् १०० अंकित दरका २ लाख २५ हजार कित्ता शेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङ हाउसका अनुसार मंगलबार साँझसम्म ४५ हजार ९२४ आवेदकबाट २४ लाख ९८ हजार २४० कित्ताका लागि आवेदन परेको छ । जसमध्ये २३ हजार ४२४ को हात खाली हुने देखिन्छ । त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपियाँबराबरको ६७ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार रुपियाँबराबरको १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ । साथै वैदेशिक रोजगारीमा रहेकालाई बिक्री प्रस्ताव गरिएको शेयर बाँकी रहेमा सो समेत थप गरी सर्वसाधारणमा बिक्री खुला गर्ने कम्पनीले बताएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार