free website hit counter

गुँरास लाइफको व्यतित बीमालेख नविकरणमा ५० प्रतिशत ब्याज छुट माघ २९ सम्म

beemaadmin
२०७७ माघ ४, आईतवार

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज ५० प्रतिशत छुट दिने भएको छ ।

कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भर्य म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।

इन्स्योरेन्स कम्पनीले माघ ४ गतेदेखि माघ २८ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट गर्ने जनाएको छ ।

जसका लागि कम्पनीले कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ ।

२०२१ मा परिपक्क हुने बीमालेखहरुमा भने यो सुविधा लागु नहुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार