free website hit counter

गुणस्तरीय सेवा दिन सिटिजन लाइफको एमडीआरटी

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । बीमा बजारको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एमडीआरटी (मिलियन डलर राउण्ड टेवल) कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा ४०० भन्दा बडी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एमडीआरटी’ के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाई प्रेरित गराएका थिए । यसका साथै उनले ‘एमडीआरटी’को लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए । सोहि कार्यक्रममा ‘एमडीआरटी’मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई तथा ‘एमडीआरटी’को लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो ।
समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै ‘एमडीआरटी’ जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरेका थिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार