free website hit counter

गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

beemaadmin
२०७६ माघ २३, बिहीबार

गुल्मी । ७७ जिल्लामध्ये आधा जिल्लाहरुमा लागू भइसकेको स्वास्थ्य बीमा कार्यक्रम छिटै देशभर पुर्याउने लक्ष्यमा साथ सरकार अघि बढेको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम बिहीबारबाट गुल्मीमा सुरु भयो । जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले गरिबी, अशिक्षा, न्यून चेतना, स्वास्थ्यमा सहज पहुँचको अभाव, बदलिंदो जीवन शैलीका कारण स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरु थपिँदै गएको बताए ।
स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रममा सहभागी हुने ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार ३ हजार ५ सय तथा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति सदस्यको रु ७ सयका दरले रकम तिर्नु पर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार