free website hit counter

गैर आवासीय नेपालीका लागि सानिमाले ल्यायो बैंक खाता

beemaadmin
२०७६ भाद्र २३, सोमबार

काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुलाई लक्षित गरी खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सकिने बैंकले जनाएको छ ।
विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा दुई प्रतिशतको उच्च व्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
एनआरएन खाता खोल्न न्यूनतम १० हजार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो०हुनुपर्ने बैंकले जनाएको छ। दुई वर्षको समय अवधि सकिए पछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सकिने पनि बताइएको छ ।
मुद्धती खाता खोल्नका लागि सानिमा बैंकको वेवसाईट धधध।कबलष्mबदबलप।अयm मा लगइन गरि अनलाईनबाटै आवेदन गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
उक्त खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हालै खिचिएको फोटो बैंकलाई बुझाउनु पर्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार