free website hit counter

गोकुलको च्याम्बरमा अख्तियारको छापा

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । विवादास्पद भिडियो प्रकरणपछि मन्त्री पदबाट राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ अख्तियारले छापा मारेको छ । मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको हो। यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा अध्ययन थालेको हो। अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चार माध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले कमिसन मागेको अडियो सार्वजनिक भए पछि छान बिन अघि बढाउन उजुरी कुर्न नपर्ने बताइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार