free website hit counter

गोली हानेर जसले प्रधानमन्त्रीलाई जोगाए…

beemaadmin
२०७८ असार १६, बुधबार

आउने मान्छे आफ्नै बाटोबाट आउने, जाने पनि आफ्नै बाटो लाग्ने ! सामान्यतया फौजको चलन यस्तै छ । तर, यसचोटि नेपाली सेनामा यो चलन तोडेर आउने र जाने टोलीबीच अलग–अलग तयारी, अभ्यास र दौडधुप चलिरहेको छ । जाने जम्मा एक जना प्रधानसेनापति हुन् र आउने पनि एकजना त्यही दर्जाका कमाण्डर !
आगामी प्रधानसेनापति मानिने प्रभुराम शर्माको सैनिक सचिव हुने गरी धादिङको बैरेनीस्थित ६ नम्बर बाहिनीबाट सुनिल श्रेष्ठ जंगी अड्डा तानिएका छन् भने सैनिक सहायकका रुपमा २ बाहिनीपति धनकुटाबाट आएका चोकबहादुर ढकालले बाँकी व्यवस्थापन गर्दैछन् । यी दुबै २८ बेसिकका अफिसर हुन् । सुनिल, दरबार हत्याकाण्डपछि छाउनीबाट राजारानीको शव आर्यघाट लैजाँदा स्वयम्भू भगवान पाउछेउ भीडको ढुंगामुढाबाट हेल्मेट लगाइदिई हवाई फायर गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जोगाउने एडिसी हुन् । त्यतिबेला आक्रोशित युवाहरूले प्रधानमन्त्रीको गाडी तोडफोड गरेका थिए । त्रिशूली र बुटवलमा सैनिकलाई तालिम गराउने प्रमुख सेनानी सुनिल सुवेदीलाई पनि भावी सेनापतिको कोर टिममा ल्याइएको छ ।
हाल सैनिक प्रवक्ताको जिम्मेवारीमा रहेका सन्तोषबल्लभ पौडेल पनि प्रभुरामको टिमभित्रै रहनेछन् । २६ बेसिकका बाबुराम श्रेष्ठ, सुरेश बानियाँहरुलाई कहाँ राख्ने टुंगो छैन । दिवंगत लेफ्टिनेन्ट जर्नेल् कुलबहादुर खड्काका साँढुभाइ सुरेशचाहिँ नेशनल डिफेन्स कोर्ष गरेर पनि बढुवाबाट वञ्चित हुँदै आएका पीडित हुन् ।
अहिलेका सैनिक सचिव पदमबहादुर सिंहले अवकाश पाउन लागेका छन् । ३ बाहिनी विजयपुर, पोखराबाट कुमारबाबु थापालाई सैनिक संगठनमा तानिएको छ भने त्यहाँ हालका सैनिक सहायक प्रेम पुन जाँदै छन् । गोर्खाली कुमारबाबु बेलायतबाट केही समयअघि फर्किएका थिए ।
सेनाभित्र अहिले जानेहरुले आउनेलाई बरबुझारथको धमाधम छ । भित्री समूहमा काम गर्नेहरुलाई पुरानो समूहका अधिकृतले पत्रहरु लेख्ने तरिकादेखि सेनाको बढी सरोकार रहने परराष्ट्र, रक्षा र अर्थ मन्त्रालयतिर समन्वय गर्ने शैलीबारे सिकाउने काम भइरहेको छ । जनआस्था साप्ताहिकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार