free website hit counter

ग्लोबल आइएमई बैंकको नाफा झण्डै ५० प्रतिशत वृद्धि

beemaadmin
२०८१ माघ ७, सोमबार

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ४९.५१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ५ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा २ अर्ब ४ करोड रुपैयाँ थियो । बैंकले समीक्षा अवधिसम्म ८ अर्ब २९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.०९ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी २१.६१ प्रतिशतले बढेर ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५० करोड ६७ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ७७ करोडबाट घटेर २३ अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब २० करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ । यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७९.७४ र तरलता अनुपात ३३.४६ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार