free website hit counter

ग्लोबल आइएमई बैंकको नाफा दुई अर्ब नजिक

beemaadmin
२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ। ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार