free website hit counter

ग्लोबल आइएमई बैंकको सिइओमा फेरि बज्राचार्य

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त गरेको छ । बज्राचार्यलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आइएमईमा फर्केका हुन् ।

सञ्चालक समितिको निर्णयसँगै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकमा मर्जरलाई उचाइमा पुर्याउने काम बज्राचार्यले नै गरेको भन्दै अब बिग मर्जरको सिनर्जी ल्याउन उनलाई फेरि भित्र्याइएको बताए ।

यसअघि, ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको सवैभन्दा ठूलो बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए । कुंवरले राजिनामा दिएपछि ग्लोबल आइएमई बैंकको सिइओ पद रिक्त थियो । बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालले कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सम्बन्धित समाचार