free website hit counter

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई मुद्दति खाता’

beemaadmin
२०७७ आश्विन १२, सोमबार

काठमाडौं । समयको मागअनुसार ग्राहकलाई सेवा दिँदै आएको ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ ।
एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।
बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दशलाखभन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । यस योजनाअन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ । यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार