free website hit counter

ग्लोबल आइएमईले दियो बाग्मती प्रदेशलाई १० लाख सहयोग

beemaadmin
२०७७ असार ३०, मंगलवार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रति सजग हुँदै देशभर विभिन्न कार्यक्रम गर्दै आएको ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन् आग्रह गरे । कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ । बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार