free website hit counter

ग्लोबल आईएमई बैंकको सीईओमा क्षेत्री

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । मर्जरअघि जनता बैंकको सीईओ रहेका परशुराम कुँवर क्षेत्री ग्लोबल बैंकको सीइओमा नियुक्त भएका हुन् । मंसिर २० गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको सीईओ र सिनियर डिसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

मर्जर सम्झौता अनुसार नै क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसीईओ) को कार्यभार सम्हाल्ने भएका छन् ।

मर्जरपछि ग्लोबल आइएमई बैंकमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नयाँ सञ्चालकमा नियुक्त भएका छन्। ग्लोबलका बहालवाला पाँच संचालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत छन्। जनता बैंकमा रहेका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु भने बाहिरिएका छन्।

सम्बन्धित समाचार