नवलपरासी । संस्थागत सामाजिक उत्तरदायित्वप्रति निकै सचेत ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवाका गरिब परिवारलाई २०० थान ब्लाङ्केट वितरण गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई ब्लाङ्केट हस्तान्तरण गरे ।