free website hit counter

ग्लोबलका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरु अहिले ग्राहकलाई विशेष प्याकेज ल्याउनमा व्यस्त छन् । यही सिलसिलामा कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ ।
सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले हस्ताक्षर गरेका छन् । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार