free website hit counter

घरैमा बनाऔं तन्दुरी चिकेन

beemaadmin
२०७७ कार्तिक १०, सोमबार

मसलाको सामान
चिकेन पूरा ८०० ग्राम सम्मको
अदुवा, लसुन पेष्ट एक चम्चा
जिरा पाउडर एक चम्चा
तन्दुरी चिकेन मसला एक चम्चा
तेल ५० मिलि
कागती रस दुई चम्चा
बाक्लो दही (पानी छानेको) २०० ग्राम
नुन, खुर्सानी स्वाद अनुसार
ओरेन्ज खाने रातो रङ एक चिम्टी
भिनेगर तीन चम्चा
माडेको कसुरी मेथी आधा सानो चम्चा

बनाउने विधि
चिकेनलाई सफा पानीले पखालेर बीच–बीचमा थोरै–थोरै चिरा गर्ने । यसो गर्दा मसलाभित्रसम्म जान्छ । चिकेनलाई चिरा गरेपछि नुन, भिनेगर, हल्का अदुवा, लसुनको पेष्ट दलेर करिब २५–३० मिनेटसम्म राख्ने । भिनेगर, कागती रस, अदुवा, लसुन पेष्ट, नुन, खुर्सानी, मसला, कसुरी मेथी, दही, खाने रङ, तेल, जिरा पाउडर सबै थोक मिक्स गरेर तन्दुरी चिकेनको घोल (मसला) बनाउने र चिकेनमा दलेर करिब तीन धण्टासम्म मेरिनेट गरेर राख्ने । अब फलामको सरियामा उनेर कमसेकम २० मिनेटसम्म तन्दुरीमा पकाउने । अब उसको रङ हल्का खैरो–खैरो हुन्छ, बाहिर निकालेर हल्का तेल अथवा वटर दलेर फेरि पाँच मिनेटजति पकाउने । अब तन्दुरी चिकेन तयार भयो । तन्दुरीबाट बाहिर निकालेर पूरा चिकेनको आठ पिस बनाएर प्लेटमा राखेर हल्का चार्ट मसला, कागती र सलाद राखेर सर्भिस गर्ने ।

 

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार