free website hit counter

घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन सार्वजनिक

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शाखारहित घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन २०७६ ल्याएको छ । घुम्ती बीमा सेवा भन्नाले बीमित रहेको स्थान वा बीमितको घरदैलोमा नै बीमक पुगी बिक्री गरिने बीमा भन्ने बुझाउँछ । निर्जीवन बीमा व्यवसाय गर्ने बीमकका लागि कृषि तथा पशुपन्छी बीमा जारी गर्ने प्रयोजनका लागि तोकिएका जिल्लाहरुमा सम्बन्धित बीमकले अनिवार्य रुपमा घुम्ती बीमा सेवा संचालन गर्नुपर्ने उल्लेख गरिको छ । तर जीवन या निर्जिवन बीमा व्यवसाय गर्ने कुनै पनि कम्पनीका लागि घुम्ती बीमा सेवाको हदबन्दी कायम गरिएको छ । जीवन बीमा गर्ने कम्पनीले पाँच लाख भन्दा बढी बीमाङ्कको घुम्ती बीमा तथा वैदेशिक रोजगारीको म्यादी जीवन बीमा पनि गर्न नपाउने व्यवस्था गरिएको छ भने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीले सामुद्रिक, हवाई, इन्जिनियरिङ तथा मोटर बीमा गर्न नपाउने व्यवस्था छ । यसरी घुम्ति बीमा गर्न जाने कम्पनीहरुले घुम्ती बीमा कारोबारबाट संकलन भएको रकम सोही दिन या सो दिनपछि बैंक खुलेको दिन बैंक दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ ।

घुम्ती बीमा सेवा विस्तारले बीमाको बजार अझ विस्तार भई सकारात्मक सन्देश प्रवाह गर्दछ । गाउँका कुना कन्दरामा पुगेर ग्राहकसँग प्रत्यक्ष सम्बन्ध राखी जनचेतना फैलाउन सफल हुने अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बताउनुभयो ।

यसैगरी नेपाल इन्स्योरेन्सका नायव महाप्रबन्धक बिक्रान्त पाण्डेले बीमाको दायरा बृद्धि भई बीमा क्षेत्रलाई आवश्यक र जरुरत भएको यस कार्यक्रम कोसेढुंगा सावित भएको बताउनुभयो । ग्राहकसँग प्रत्यक्ष सम्पर्क भई लघुबीमा, कृषि, स्वास्थ्यलगायत धेरै क्षेत्रमा न्युन आय भएका ग्राहकमा पुगेर सुरक्षा प्रदान गरी ग्राहकको क्षमता वृद्धि गराई पछि त्यही ग्राहकले ठूलो बीमा गर्नसक्ने आर्थिक अवस्थामा यस कार्यक्रमले पुर्याउने पाण्डेले बताउनुभयो ।

 

(यस्तो छ मार्गदर्शनको पूर्ण पाठ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार