free website hit counter

चार बीमा कम्पनीको आईपीओ प्रक्रिया खारेज

beemaadmin
२०७९ भाद्र १७, शुक्रबार

काठमाण्डौ । आईपीओ जारी गर्ने स्वीकृति लिएर पनि लामो समय बिताएका चार बीमा कम्पनीको आईपीओ जारी गर्ने अनुमित नियाम निकाय बीमा समितिले रद्द गरिदिएको छ । बीमा समितिले सन नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको हो। स्वीकृति मागेको लामो समयसम्म पनि यी कम्पनीहरुले आईपीओ जारी गर्न नसकेपछि निष्कासन प्रक्रिया रद्द गर्नुपरेको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले स्पष्ट पारेका छन् । बीमा समितिकै आग्रहमा नेपाल धितोपत्र बोर्डले पनि यी कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया अस्वीकृत गरेको बताइएको छ । यी कम्पनीमध्ये सन नेपाल, रिलायबल र सिटिजन लाइफले अंकित मूल्यमा प्रिमियम थपेर र आईएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका थिए। बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई चुक्तापुँजी ५ अर्ब रुपैयाँ निर्देशन दिएको छ। अब यी कम्पनीहरुले पुँजीवृद्धिका लागि मर्जर जाने सम्भावना प्रबल देखिएको छ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार