काठमाडौं । सिन्धु विकास बैंकले चितवनको नारायणगढ बजारमा शाखा थपेको छ । बैंकको चितवनमा यो चौथो शाखा हो। थपिएको नारायणगढ शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरे। यसअघि बैंकले टाँडी, विकास चोक र पर्सामा शाखा खोलिसकेको छ। बुधबारनै बैंकले चितवन भरतपुरको लाहुरे चोकमा समेत शाखा थपेको छ । सो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले विकासमा तीब्र गतिमा लम्किएको चितवनमा शाखा खोल्न पाउँदा खुशी लागेको बताए। उनले नारायणगढ क्षेत्रको उद्योगी व्यवसायीको निक्षेप र कर्जा परिचालन गरेर आर्थिक विकासमा सघाए पुर्याउने दाबी गरे।
बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपानेले बैंकले आफ्नो सेवा विस्तारलाई मूख्य केन्द्रमा राखेर काम गर्दै आएको बताए।