free website hit counter

चिरञ्जीवीले दिए जन्मदिनमा श्रीमतीलाई बीमा पोलिसी उपहार

beemaadmin
२०८१ श्रावण ४, शुक्रबार

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ । यसैबीच मोरङ जिल्ला बेलबारि नगरपालिका वाडा नम्बर १० स्थित अम्बिका न्योपाने चम्लागाईको जन्मदिनमा श्रीमान चिरञ्जीवी चम्लागाईले साउन ३ गते जन्मदिनमा ५ लाख बीमाङ्कको बीमा पोलिसी उपहा। दिएका हुन् । उनले आईएमई लाइफको आईएमई सरल सावधिक बिमा पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी आइएमई लाइफका बिराटचोक शाखा प्रमुख श्री यामनाथ दाहाल र एजेन्सी म्यानेजर अनिता सुवेदी गौतमको उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन् । जन्मदिनको सुभकामना दिँदै शाखा प्रमुख यामनाथ दाहालले द्वय चिरञ्जीवी चम्लागाई र अम्बिकालाई बिलासित्ताको सामाग्रि उपहार दिने सट्टामा बीमा पोलेसि दिँदा बचतको बिकाससँगै भोलि भैपरि आउने जोखिमको समेत सुरक्षा कवरेज गरेको मा धन्यबाद र बधाई समेत दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार