free website hit counter

चीनबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमा भयो आक्रमण

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

एजेन्सी। कोरोनाको आतंक अझै सेलाएको छैन । वैज्ञानिकहरुले भ्याक्सिन तयार हुन अझै महिना दिन लाग्ने बताइरहँदा त्यसको आतंक विश्वभरि नै उस्तै छ । नेपालमा चीनबाट ल्याइएका नागरिकलाई राखिएको भक्तपुरको खरिपाटीका स्थानीय बासिन्दा आतंकित बन्दा मन्त्रीको टोली पुगेर सम्झाउनु परेको थियो ।

कोरोना संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा त आक्रमण नै भएको छ । उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् । बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिँदै थियो । त्यही क्रममा सडकमा निस्किएका प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका हुन् ।

उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् । यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । साथै उनले हामी सबै मानव हौं भन्ने स्मरण गर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार