free website hit counter

चुनावी अभियानमा निस्कँदैछन् बालेन, ओलीसँगै भिड्ने तयारी

beemaadmin
२०८२ पुष २८, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ४ गते राजीनामा दिने बताएका छन् । आज पार्टी निकटकाहरुसँग ज्वागलमा भएको छलफलमा ४ गते राजीनामा दिएर पार्टी गतिविधिमा निस्कने बताएका हुन् । सुरेन्द्र चौधरी, लक्ष्मण थारु , करिस्मा कठरिया, कृष्ण न्यौपाने लगायतकालाई आफूले ४ गते राजीनामा बुझाउने बताएका हुन् । काठमाडौंको सबै काम सकेर ४ गते राजीनामा दिन्छु तपाइँहरू पनि काठमाडौं छोडेर जिल्लामा जानुहोस्, बालेनले भनेका थिए, चुनावी कार्यक्रम सुदूरपश्चिमबाटै सुरु गर्नुपर्छ । बालेनले सामाजिक सञ्जालमा पनि यस विषयमा सङ्केत गरेका छन् । ‘४ गते राजीनामा दिने र देश दौडाहामा अभियानमा निस्कने बताउनु भएको थियो रास्वपाका नेता सुरेन्द्र चौधरीले भने ‘उहाँले आफ्नो मनोनयन पछि देश दौडाहामा निस्कने कुरा गर्नुभएको छ । उनले चाडै चुनावी अभियानमा निस्कन आग्रह गरेपनि बालेनले महानगरपालिकाको पदमा हुँदै चुनावी अभियानमा नहिँड्ने बताएको चौधरीले जानकारी दिए । मेयर पद हुँदासम्म म चुनावी गतिविधिमा हिँड्दिन, बालेनले भनेका थिए, ४ गते राजीनामा दिएपछि निस्किन्छु ।कैलालीको थारु बस्तीबाट चुनावी अभियान सुरु गर्ने बालेनले बताएका छन् ।

झापाका रास्वपा नेताहरुसँग छलफल
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापाका रास्वपा नेताहरूसँग छलफल गरेका छन् । ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा सामूहिक छलफल भएको हो । बालेनले झापा ५ बाट निर्वाचन लड्ने तयारी गरेको चर्चा चल्दै आएको छ । सोही सन्दर्भमा छलफल भएको रास्वपा झापाका सचिव शम्भु सुस्केराले बताए । सुस्केराका अनुसार बालेन साहले झापा ५ को वस्तुस्थितिका बारेमा सोधखोज गरेका थिए । झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यहाँबाट चुनाव लड्ने इच्छा बालेनले स्थानीय नेताहरूसँग व्यक्त गरेका छन् । भेटमा जिल्ला झापा जिल्ला सभापति प्रकाश पाठकसहित सचिव सुस्केरा, झापा ३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेत, झापा ५ का विभागीय सदस्य विरोध सुवेदी र जिल्ला अनुशासन आयोगका संयोजक अर्जुन उप्रेती सहभागी थिए । यसैबीच बालेनको कोर टीममा रहेका रोहन कार्कीले बालेन झापा ५ बाट उठ्ने संकेत गरेका छन् । रास्वपा केन्द्रीय सदस्य समेत रहेका उनले केहीबेरअघि फेसबुकमा लेखेका छन्, ‘यसपाल झापा ५ । हामी आउँनेछौँ प्रमको उम्मेदवार लिएर तयार रहनुस् है ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार