free website hit counter

चौधरी फाउण्डेसनले बनायो वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड

beemaadmin
२०७८ जेष्ठ २८, शुक्रबार

काठमाडौं । कोरोना कहरले मुलुक आक्रात भएको बेला चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पु¥याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड निर्माण गरेको जनाएको छ। चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा डा जागेश्वर गौतमलाई आइसियु वार्ड हस्तान्तरण गरेका हुन्।
वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याकोगरि कुल १८ शय्याको आइसियु वार्ड निर्माण भएको छ। विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आइसियु वार्ड निर्माण गरिएको छ। चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्रा डा देव नारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमा वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए। कोभिड युनिफाइड केन्द्रिय अस्पताल प्रमुख कार्यकारी गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पु¥याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार