free website hit counter

चौविस घण्टा नबिन्दै कोरोना बीमा फेरि ब्यूतियो

beemaadmin
२०७७ जेष्ठ २३, शुक्रबार

काठमाडौं । सरकारले बजेटमै व्यवस्था गरेको कोरोना बीमा चौविस घण्टा नबिन्दै पुनः सञ्चालन हुने भएको छ । बिहिवार बीमा समितिको माग बमोजिम स्थगित गरिएको कोरोना बीमा आज पुनः सुचारु गरिएको छ । बीमा समितिले २४ घण्टा नबित्दै कोरोना बीमा स्थगित गर्ने निर्णय संशोधन गरेको हो । बीमा समितिले आज एक सूचना प्रकाशित गर्दै अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । कार्यकारी निर्देशक तथा प्रबक्ता राजु रमण पौडेलले आज अर्को सूचना जारी गरी कोरोना बीमा सुचारु गरिएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार