free website hit counter

छोरी अन्माउँदा आमाको कोशेली

beemaadmin
२०७९ असार १०, शुक्रबार

काठमाण्डौ । उपहार यस्तो होस् कि जसले जीवनभर याद मात्रै दिलाउने होइन, भविष्य समेत सुरक्षित बनाओस् । आमा–बुवाका लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ। सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमा–बुवाले राखेका हुन्छन्। उनीहरुको पालनपोषन, शिक्षादीक्षा, विवाह, व्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ। छोरा–छोरीको विवाह अभिभावकका लागि एक अमूल्य क्षण हुन्छ। यिनै क्षणलाई यादगार बनाउन कुश्मानिवासी मेनका रेग्मीले आफूले सानो–सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी–ज्वाइँलाई उपहारस्वरुप जीवन बीमा गरिदिएकी छन्। जीवनमा आइपर्नसक्ने जोखिम बहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुआत गरेका छोरी–ज्वाइँ पुजा रेग्मी र सुझाव आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बीमा गरिदिएकी हुन्।
कम्पनीको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञबहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए। सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन्। हाँसीखेली घुमेको माइतीघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोशेलीस्वरुप आफ्ना छोरी र ज्वाइँ दुवैको बीमा गरिदिएको उनले बताइन्।
बीमाले जोखिम बहन गर्नुका साथै भविष्यका लागि बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वस्त रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ती पक्षले बताएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार