free website hit counter

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रदमा असार २७ सम्म आवेदन दिन सकिने

beemaadmin
२०८२ असार १२, बिहीबार

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा अब असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार –६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकममध्ये ४ करोड रुपैयाँ ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको बखत भुक्तानी गर्न बाँकी बक्यौता तिर्न, सो आयोजनाको दीर्घकालीन ऋण रकम बैंकको आग्रहअनुसार सावा रकम घटाउन तथा अन्य अल्पकालिन ऋणको साँवा र ब्याज भुक्तानी गर्नका लागि १९ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ प्रयोग गर्नेछ। त्यस्तै, कम्पनीले बाँकी रहेको १५ करोड रुपैयाँ भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा प्रबद्र्धित ५७।५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनामा लगानी गर्न लिइएको रकम भुक्तानी गर्न प्रयोग गर्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार