काठमाडौं । चैत २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त गरेको छ । बैंठकले उनलाई चैत २७ गतदेखि लागू हुने गरी डीसीईओ पदमा नियुक्त गरेको हो । यस अगाडिका महाप्रन्धक एसके टमोटको कार्यकाल सकिएसँगै सो पद खाली थियो । यससँगै नवनियुक्त डीसीईओ श्रेष्ठले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै, सोही बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ भने सञ्चालक शशिराज बज्राचार्यको राजिनामालाई स्वीकृत गरेको छ ।