free website hit counter

जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढायो

beemaadmin
२०७६ आश्विन १४, मंगलवार

काठमाडौं । चुक्ता पुँजी पुर्याउनका लागि बीमा समितिले दिएको निर्देशन बमोजिम जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने भएको छ ।

कम्पनीको साउन २९ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले पारित गरेको आईपीओ निष्काशन गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टमोट र एनआईबिएल एस क्यापिटल तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सर्वसाधारणहरुलाई ३० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरी बाँडफाँड गरेपछि जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रूपैयाँ छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार