free website hit counter

जनसंख्या बढाउन यौन मामिला मन्त्री नियुक्त

beemaadmin
२०७८ बैशाख १२, आईतवार

मड्रिड । विश्वमा कतै जनसंख्या बढेर हैरान छ भने कतै जनसंख्या घटेर आपत परेको छ । स्पेनले पहिलोपटक यौन मामिला मन्त्री (मिनिस्टर अफ सेक्स) नियुक्त गरेको छ । मुलुकमा सिर्जित जन्मदर कमीको चुनौतिसँग लड्नुपर्ने एजेन्डा लिएर एडेलमिरा बेरेइरा पहिलो ‘मिनिस्टर अफ सेक्स’ नियुक्त भएकी छिन् । सरकारले यो नयाँ मन्त्रालय गठनसँगै जन्मदरमा वृद्धि हुने विश्वास लिएको छ । पछिल्लो समय स्पेन विश्वमै न्यून जन्मदर भएको मुलुक बनेको छ । प्रधानमन्त्री मारियानो रोजयोले बेरेइरालाई मन्त्रालयको जिम्मेवारी सुम्पेकी छिन् । नवनियुक्त मन्त्री बेरेइराको कार्यकाल बढीभन्दा बढी बच्चा जन्माउनुपर्ने योजनाहरुमा केन्द्रित हुनेछ । स्पेनले पछिल्लो समय जनसंख्याको संकटसँग संघर्ष गरिरहेको छ । गतवर्ष जन्मभन्दा मृत्युदर बढी मापन गरिएको थियो । विज्ञहरु स्पेनमा पछिल्लो समय यौनेच्छामा देखिएको अरुचिमा केही कारणलाई जिम्मेवार ठान्छन् । जस्तो –लामो समय काम गर्नु । राती ढिलो समय खाना खाने संस्कृति र मध्यरातमा सुत्ने समस्या । मड्रिडस्थित बिजनेस स्कुलका राफेल पुयोल भन्छन् –उनीहरुले परिवार निर्माण गर्न सहयोग गरिरहेका छैनन् । जब बच्चा जन्मिन्छ, त्यो निकै खराब स्वास्थ्यको हुने गर्छ । औषत स्पेनी महिलाहरु २ वा सोभन्दा बढी बच्चा चाहन्छन् । तर, सन् २०१५ मा १८ देखि ४८ उमेर समूहका महिलाहरुले १।३ प्रतिशत बच्चा जन्माएका थिए । तर, युरोपेली युनियनले चाहिँ १।५८ प्रतिशत आँकडा तय गरेको छ ।

सम्बन्धित समाचार